३१ भदौ काठमाडौं । अजय देवगणको शीर्ष भूमिका रहने फिल्म ‘सिंघम अगेन’को छायांकन सुरु भएको छ । फिल्मको मुहूर्तमा निर्देशक रोहित शेट्टी, अजय र रणवीर सिंह उपस्थित थिए । रोहित शेट्टीको कप युनिभर्समा यो पाँचौं फिल्म हुनेछ ।
यस ब्रह्माण्डको पहिलो फिल्म ‘सिंघम’ सन् २०११ मा रिलिज भएको थियो । त्यसपछि सिंघम रिटर्न्स, सिम्बा र सूर्यवंशीजस्ता फिल्म रिलिज भए । रोहित शेट्टीले १२ वर्षअघि ‘सिंघम’ बनाएका थिए ।फिल्मका शीर्ष अभिनेता देवगणले सामाजिक सञ्जालमा लेखेका छन्, ‘१२ वर्षअघि हामीले भारतीय सिनेमालाई सबैभन्दा ठूलो कप(युनिभर्स दियौं । तपाईंहरुको माया र साथले सिंघम परिवार ठूलो हुँदै गयो । आज हामी सिंघम अगेनसँग हाम्रो फ्रेन्चाइजीलाई अगाडि बढाउँदैछौं ।’