२५ भदौ काठमाडौं । सन्नी देओलको गदर २ ले बाहुबली २ को रकर्डलाई पछाडि पारेको छ ।प्रदर्शनको ३० दिनपछि पनि ‘गदर २’ को कमाइ रोकिएको छैन । अगस्ट ११ मा रिलिज भएदेखि नै ‘गदर २’ ले रेकर्ड बनाएको छ । कमाइको हिसाबले यो फिल्मले धेरैलाई पछि छाडेको छ । अब ‘गदर २’ ले एसएस राजामौलीको ‘बाहुबली २’ को रेकर्ड पनि तोडेको छ ।
सन्नी देओल र अमिषा पटेलको शीर्ष भूमिका रहेको फिल्म ‘गदर २’ ले भारतीय बक्स अफिसमा प्रदर्शनको ३० दिन पूरा गरेको छ । यो अवधिमा गदर २ ले बाहुबलीको रेकर्ड तोडेको हो । फिल्मले ३० दिनमा ५१२।३५ करोड भारु कमायो । प्रभास स्टारर ‘बाहुबली २’ ले ५१०।९९ करोड ग्रस कलेक्सन गरेको थियो ।