विकास बोर्डमा सहमति जुट्यो ‘एक भागवत र एक गीता’ नाम फाइनल

765Shares
विकास बोर्डमा सहमति जुट्यो ‘एक भागवत र एक गीता’ नाम फाइनल

भदौ २४ काठमाडौं । प्रदर्शोन्मुख चलचित्र ‘एक भगवत गीता’ को नामलाई लिएर उत्पन्न विवाद सुल्झेको छ । चलचित्र विकास बोर्डमा आयोजित छलफलमा दुवै पक्ष सहमतिमा आएका हुन् ।

निर्माण पक्ष र धार्मिक समूहहरूबीच भएको सहमतिअनुसार चलचत्रिको नाम अब ‘एक भागवत र एक गीता’ रहनेछ । यसअघि चलचित्रका निर्माता सुनीलकुमार थापाले भागवत र गीताको बीचमा ड्यास राख्न गरेको प्रस्ताव धार्मिक समूहले अस्वीकार गरेका थिए । बैठकमा विभिन्न वैकल्पिक नामहरूबारे छलफल भएको थयो ।सो नामको मुन्तिर ‘सामाजिक कथा’ लेख्ने पनि पनि सहमति छ ।