१२ असार काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा भोली सार्वजनिक हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले बिहीबार अपरान्ह ४ बजे नतिजा सार्वजनिक गर्ने जनाएको छ ।कुनै प्राविधिक समस्या नआए आज अपराह्नसम्म नतिजा प्रकाशित गरिने बोर्डले जनाएको छ । बोर्डले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । बोर्डका अनुसार यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक हुने छ।
यसका लागि सम्पूर्ण तयारी पुरा भइसकेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याए एनजी उल्लेख गरिने भएको छ। आन्तरिक (प्रयोगात्मक) तर्फ न्यूनतम ४० प्रतिशत अंक ल्याउनैपर्ने छ ।उक्त एनजी आएका विद्यार्थीले माथिल्लो कक्षामा अध्ययन गर्न नपाउने बाेर्डले जनाएकाे छ ।
बढीमा दुई विषयसम्म नन्ग्रेड ल्याउने विद्यार्थी एक महिनापछि हुने पूरक परीक्षा अर्थात् ग्रेड वृद्धिको परीक्षामा सम्मिलित हुन पाउनेछन्।
गत चैत १४ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागि भएका थिए। २०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण अनुमति पाएका वेबसाइट, एसएमएस र आइभीआर सेवाबाट पनि लिन सकिने बोर्डले जनाएको छ ।