३० भदौ काठमाडौँ । काठमाडौँको तीनकुने स्थित गैह्रीगाउँमा ४ जनाको हत्या भएको छ । धारिलो हतियार ‘खुकुरी’ प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको छ । मृत्यु हुनेमा २ महिला र दुई जना पुरुष छन् । गए राति १२ बजेतिर घटना भएको बताइएको छ । घटनाको अनुसन्धानमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरू खटिएका छन् ।दिब्य सः मिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका दोलखाका कुमार भुजेलसहित चार जनाको पहिचान खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले जानकारी दिए ।हत्या हुने सुरक्षा गार्ड कुमार पत्नी अम्बिका भुजेल, उनकी आमा करिब ७० वर्षीया सुभद्रा भुजेल र मोरङ घर भएका १९ वर्षीय नवीन राई छन् । उनीहरूको टाउको र शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट देखिएको छ ।