इजरायल घटना : २ जना सम्पर्कमा अन्य ७ जना नेपालीको अवस्था गम्भिर

63Shares
इजरायल घटना : २ जना सम्पर्कमा अन्य ७ जना नेपालीको अवस्था गम्भिर

२० असोज काठमाडौँ । इजरायलमा भएको आतङ्ककारी हमलामा घाइते भएका ९ मध्ये दुई जना नेपाली दूतावासको सम्पर्कमा आएका छन् । यद्यपि उनीहरूको हालसम्म उद्धार भने हुन सकेको छैन ।

गैर आवासीय नेपाली सङ्घ एनआरएनए इजरायलका पूर्व अध्यक्ष दीपक ओलीले दाङका हिमाञ्चल कट्टेल र अर्का नेपाली प्रवीन डाँगी आफूहरूको सम्पर्कमा आएको बताए ।उनीहरू बोल्न सक्ने अवस्थामा रहे पनि अन्य ७ जना भने बेहोस अवस्थामा रहेको ओलीले बताए । उनका अनुसार ७ जनालाई बङ्करमा छिर्नुअघि नै गोली लागेको जानकारी प्राप्त भएको छ ।डाँगी र कट्टेलले ७ जनालाई बङ्करभित्र छिर्नुअघि नै आतङ्ककारीहरूले गोली हानेको रिपोर्टिङ गरेका छन् । ७ जनालाई गोली लागेको छ भने अहिलेसम्म उपचारविहीन अवस्थामा बङ्करमै छन् ।घटनामा परेका नेपालीहरू इजरायल प्यालेस्टाइन सीमा क्षेत्रमा रहको गाजा क्षेत्रको कृषि फार्ममा कार्यरत रहेको खुलेको छ । फार युनिभर्सिटी अन्तरगतको कृषि फार्ममा उनीहरू प्राक्टिकल गर्नेहरू रहेको बताइएको छ ।सो कृषि फार्ममा १७ नेपाली कार्यरत रहेको बताइएको छ । अन्य भने साइरन बजेसँगै बङ्करमा छिर्न भ्याएपछि जोगिएको बताइएको छ ।