५ मंसिर काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक महत्वपूर्ण निर्णय अनुसार संशोधित परमाणु नीतिमा हस्ताक्षर गरेका छन् ।
कुनैपनि देशले परमाणु युद्ध सम्पन्न देशको सहयोगले रुसमाथि हमला गरेमा त्यसलाई संयुक्त आक्रमण मानिने र त्यस्तो अवस्थामा रुस सरकारले आणविक हतियार प्रयोग गर्न सक्ने नयाँ नीतिमा उल्लेख छ ।
अमेरिकामा बाइडेनको सरकारले युक्रेनलाई रुसमा लामो दूरीको मिसाइलले आक्रमण गर्न अनुमति दिएको छ । यसप्रति रुसले कडा प्रतिक्रिया दिँदै उचित जवाफ दिने बताएको छ । संशोधित आणविक नीतिमा हस्ताक्षर गर्ने पुटिनको कदमलाई पनि बाइडेनको निर्णयको प्रतिक्रिया मानिएको छ ।