प्रधानमन्त्रीको निर्देशनमा इन्धनको मूल्यवृद्धि फिर्ता

45Shares
प्रधानमन्त्रीको निर्देशनमा इन्धनको मूल्यवृद्धि फिर्ता

१४ असोज काठमान्डौ । नेपाल आयल निगमले शनिबार मध्यरातिदेखि लागू हुने गरी गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि प्रधानमन्त्रीको निर्देशनपछि फिर्ता भएको छ ।
आज बसेको क्याविनेट बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बढेको मूल्य लागू नगर्न निर्देशन दिएबमोजिम निगमले साविककै मूल्य कायम गराउने भएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बढेको मूल्य लागू नगर्न निगमलाई निर्देशन दिएको जानकारी दिनुभयो ।प्रधानमन्त्रीको निर्देशनपछि आजै निगमले सूचना जारी गरेर पुरानै मूल्य कायम गर्न लागेको पनि मन्त्रीले बताउनुभएको छ । निगमले स्वचालित मूल्य प्रणालीको आधारमा खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २३५ रुपैयाँले, डिजेल–मट्टीतेलमा प्रतिलिटर ६ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य बढाएको थियो । चाडपर्वको मुखैमा मूल्य बढेपछि सरकारको चौतर्फी आलोचना भएको थियो ।
त्यसपछि निगमका पदाधिकारीलाई बोलाएर यसबारे चासो राख्नुभएका प्रधानमन्त्रीले क्याविनेटको आकस्मिक बैठक बोलाएर मूल्यवृद्धि फिर्ता गर्न निर्देशन दिनुभएको हो ।