काेशी प्रदेशकाे मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश प्रमुख द्वारा दलहरूलाई पुःन आव्हान

45Shares
काेशी प्रदेशकाे मुख्यमन्त्रीमा दाबी गर्न  प्रदेश प्रमुख द्वारा दलहरूलाई पुःन आव्हान

शुक्रबार ,१२ श्रावण २०८०

काठमाडौं

कोशी प्रदेशको मुख्यमन्त्रीका लागि ४ दिनभित्र  दाबी पेश गर्न आह्वान भएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको सर्मथमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् ।

सर्वोच्च अदालतले बिहीबार मात्र मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गर्नुका साथै संविधानको धारा १६८ (२) अनुसार १७ गतेसभित्र मुख्यमन्त्री नियुक्त गरिसक्न परमादेश दिएको थियो ।