चिनमा हुने एसियाली खेलमा टर्च र्यालिमा नेपालका बक्सर दिपक सहभागी हुने

33Shares
चिनमा हुने एसियाली खेलमा टर्च र्यालिमा नेपालका बक्सर दिपक सहभागी हुने

बिहिवार ,११ श्रावण २०८०

काठमाडौं

चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको उद्घाटनअघि हाङझावमै हुने टर्च र्‍यालीमा नेपालबाट एसियाली खेलकुदका कास्य विजेता बक्सिङका दीपक महर्जन सहभागी हुने छन्।

राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव टंकलाल घिसिङले वैदेशिक प्रशिक्षण र मैत्रीपूर्ण प्रतियोगिताका लागि भारत जान लागेको हाङझाव एसियाडमा सहभागी हुने बक्सिङ टोलीको बिदाइ कार्यक्रममा टर्च र्‍यालीमा नेपालबाट दीपक सहभागी हुने जानकारी गराए।

‘१९ औं एसियाली खेलकुद पनि चीनमा नै हुँदैछ। १६ औं एसियाली खेलकुद पनि चीनमा नै भएको थियो। १६ औं संस्करणमा नेपाललाई एक मात्र पदक दीपक महर्जनले दिलाउनु भएको थियो,’ सदस्य–सचिव घिसिङले भने– ‘१६ औं एसियाडको सफलताको कदर गर्दै हाङझाव एसियाडअघि हुने टर्च र्‍यालीमा दीपकलाई सहभागी गराउन राष्ट्रिय खेलकुद परिषद्ले सिफारिस गरिसेको छ।’

हाङझाव एसियाड असोज ६ गतेदेखि सुरु हुँदैछ। दीपक हाल हाङझाव एसियाडमा सहभागी हुने बक्सिङ टोलीका प्रशिक्षक मध्येका एक हुन्।
टर्च र्‍यालीमा एसियाडमा सहभागी हुने प्रत्येक राष्ट्रका प्रतिनिधिको उपस्थिति रहने छ।