१२ असार काठमाडौं ।साताको कारोबारको चौथो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक ११ दशमलव ६० अंकले घटेर २०६० दशमलव १६ को विन्दुमा पुगेको छ ।
बुधबार तीन सय पाँच कम्पनीको ८७ लाख २७ हजार एक सय ६४ कित्ता शेयर ५४ हजार सात सय ९३ पटक खरिदबिक्री हुँदा चार अर्ब पाँच करोड ८० लाख ४७ हजार सात सय ३४ बराबरको कारोबार भएको छ । वित्त, म्युचुअल फन्ड र व्यापारबाहेक अरू सबै समूहको उपसूचक घटेका छन् । वित्त समूह शून्य दशमलव ४५, म्युचुअल फन्ड शून्य दशमलव १४ र व्यापार समूह शून्य दशमलव २२ प्रतिशतले बढेको हो ।
१३ उपसमूहमध्ये १० वटा घटेको छ भने फाइनान्स, म्चुअल र व्यापार कम्पनीहरू सामान्य अंकले बढेका छन् । आज सर्वाधिक घट्नेमा जीवन बीमा रहेको छ । भने, नेपाल फाइनान्स कम्पनीको कारोबार सबैभन्दा कढी भएको छ ।