२०८१ असार ११ काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रबैंकको सीमाभित्र बसेर आगामी मौद्रिक नीतिमा उद्योगी व्यवसायीहरुका सुझावलाई सम्बोधन गर्ने बताएका छन् ।आज पूर्व मौद्रिक नीतिको छलफलमा बोल्दै गर्भनर अधिकारीले मौद्रिक नीतिको आफ्नै सिमा रहेहका बताउँदै उल्लेखित सिमाभित्र रहेर काम गर्नुपर्ने बताएका हुन् ।
बैंकमा ऋण लिँदा कमिसन लिएको आरोप केन्द्रीय बैंकका लागि गम्भीर आक्षेप भएको भन्दै प्रमाणविना बोल्न पाए भन्दैमा जे पनि बोल्न नपाइने अधिकारीको भनाइ छ ।उनले मुलुकको वास्तविक अर्थतन्त्रको अवस्थाका आधारमा मौद्रिक नीति तर्जुमा गरिने जानकारी दिनुभयो । उहाँले मुलुकको मुद्रास्फिती सहज हुँदा मौद्रिक नीति पनि सरल हुने र मुद्रास्फिती उच्च हुँदा मौद्रिक नीति पनि कसिलो आउनु स्वाभाविक हुने बताए । उनले अहिलेको लोन टु भ्यालु रेसिया हुँदा व्यवसायीहरु प्यानिक बनेको भन्दै कर्जाको रेसिया बढाउँदा व्यवसायीहरुले साँचो बुझाउँछु भनेर बैंकलाई आउने र पुनः समस्या दोहोरिन सक्ने बताउनु भयो । उहाँले नीति बनाउनेहरुको भुमिका व्यवसायीहरुलाई ऋणमा डुबाउने नभएर व्यक्तिहरुलाई उद्यमी बनाउने र धान्नेसक्ने ऋण दिने खालको वातावरण बनाउने भएको बताए।
मौद्रिक नीतिका लागि गृहकार्य थालिएको उल्लेख गर्द अधिकारीले साउनभित्रै ल्याउने दाबी गरे । उनले ऋण लिँदा कुनैपनि सेवाग्राहीसँग कमिशन माग गरिएको भए तत्कालै केन्द्रिय बैंकमा सूचना दिन र कमिसन लिएको भन्ने व्यक्तिहरुले व्यक्तिको नाम र संस्थाको विवरण दिन माग गरेका छन् ।