सिद्धार्थ बैंकद्वारा “सिद्धार्थ रिवार्डस” योजना सञ्चालनमा

27Shares
सिद्धार्थ बैंकद्वारा “सिद्धार्थ रिवार्डस” योजना सञ्चालनमा

 २०८१  असार ६  काठमाडौ । – सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैंकिङ क्षेत्रमै पहिलो पटक डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यका साथ आफ्ना ग्राहक महानुभावहरुका लागि ‘सिद्धार्थ रिवार्डस’ योजना सञ्चालनमा ल्याएको छ । बैंकले नक्साल स्थित आफ्नो प्रधान कार्यालय भवनमा बैंकका प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन समूह, संञ्चारकर्मीका साथै बैंकमा कार्यारत कर्मचारीहरुको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी यस योजनालाई सार्वजनिक गरेको छ ।

बैंकले सञ्चालनमा ल्याएको सिद्धार्थ रिवार्डस कार्यक्रम अन्तर्गत ग्राहक महानुभावहरुले सिद्धार्थ बैंकको कार्ड प्रयोग गरी गर्नुभएको खरिद र मोबाइल बैंकिङबाट गर्नुभएको टपअपको आधारमा रिवार्डस पोइन्टस प्राप्त गर्न सक्नेछन् । यसरी आर्जन गर्नुभएको पोइन्टसलाई हवाइ टिकट, होटल, पसल, उपहार कार्ड, बिमा तथा इन्टरनेट बिल पेमेन्ट आदि जस्ता विभिन्न सेवाहरु लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सक्नेछन् ।

सिद्धार्थ रिवार्डस सार्वजनिक गर्ने क्रममा, बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले स्वागत मन्तव्य प्रस्तुत गर्दै बैंकको यस सुरुवातले डिजिटल भुक्तानीमा एक रोमाञ्चक र नयाँ अध्यायको सुरुवात गरी ग्राहकहरूको बैंकिङ अनुभवलाई अझ गुणस्तरीय बनाउन मद्दत पुर्‍याउनेछ भन्ने धारणा व्यक्त गरेका थिए । साथै, बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले ग्राहकहरुको सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखी कसरी पृथक एवं नवीनतम सेवा प्रदान गर्न सकिन्छ भन्नेमा बैंक सदैव केन्द्रित रहेको जानकारी समेत गराएका थिए ।