२०८१ असार ४ काठमाडौं ।बजार परिसुचक नेप्से ओरालो लागेको छ । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से १८ दशमलव ७६ अंकले ओरालो लागेर दुई हजार ७६ दशमलव ४९ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७२ अंकले ओरालो लागेर तीन सय ६७ दशमलव २० बिन्दुमा खुम्चिएको छ ।
यसअघि गत आइतबार बजार १७.०४ अंकले घट्दै २०९५.२५ विन्दुमा रहँदा १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँमा कारोबार भएको थियो । गत साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक ९.३२ अंकले घटेर २११२.२९ विन्दुमा रहँदा कारोबार रकम ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँ थियो ।
४० कम्पनीको सेयरमूल्य बढ्दा सर्वाधिक फाइदामा समाज लघुवित्तका लगानीकता छन् । उक्त लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । माण्डु हाइड्रोपावर, वीन नेपाल लघुवित्त, दिव्यश्वरी हाइड्रोपावर लगायत बढेका छन् । ९ कम्पनीको सेयरमूल्यमा भने कुनै परिवर्तन भएन ।