भारतले २५ हजार मेट्रिकटन चिनी नेपाललाई दिने

36Shares
भारतले २५ हजार मेट्रिकटन चिनी नेपाललाई दिने

१७ कात्तिक काठमाडौं । नेपाललाई भारतले २५ हजार मेट्रिकटन चिनी दिने भएको छ । उक्त चिनी सरकार–सरकार जीटूजी सम्झौता गरी ल्याउने तयारी भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तिर्थराज चिलुवालले जानकारी दिए ।

उद्योगीबाट तीन हजार मेट्रिकटन चिनी विभागको सहकार्यमा बजारमा आएको महानिर्देशक चिलुवालले बताए । भारतबाट जिटूजीबाट चिनी आएपछि कालोबजारी घट्नुका साथै महँगी र अभाब हट्ने उनको भनाइ छ ।