नेप्से ३९.७० अंकले बढ्दा ९.३१ अर्बको कारोबार

828Shares
नेप्से ३९.७० अंकले बढ्दा ९.३१ अर्बको कारोबार

१२ मंसिर काठमाडौं | बुधबार सेयर बजारको परिसूचक नेप्से ३९.७० अंक बढेको छ । नेप्से परिसूचक ३८.८१ अंक बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधबार नेप्से परिसूचक १.४६ प्रतिशतले वृद्धि भएको हो ।

आज कारोबार रकम एक अर्ब ८६ करोड रुपैयाँले वृद्धि भएको छ । यस दिन नौ अर्ब ३१ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार सात अर्ब ४४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो

सात कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । कारोबारमा आएका १३ समूहमध्ये फाइनान्स समूहको परिसूचक घटेको छ । अरु सबै समूहको परिसूचक बढेको छ । व्यापार समूहको परिसूचक सर्वाधिक ९.२७ प्रतिशतले बढेको छ ।