नेप्से परिसूचक सोमबार १५.८३ अंकले बढेर बन्द

90Shares
नेप्से परिसूचक सोमबार १५.८३ अंकले बढेर बन्द

१० मंसिर काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार १५.८३ अंकले बढेर बन्द भएको छ । यसदिन १५.८३ अंकले बढेर शेयर बजार दुई हजार ६८३.२४ बिन्दुमा बन्द भएको  (नेप्से)ले जनाएको छ ।

यस दिन ६ अर्ब ३४ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबारको तुलनामा सेयर खरिद–बिक्री रकम घटेको छ । आइतबार सात अर्ब ७२ करोड ८८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

नेप्से परिसूचक बढे पनि यसदिन कारोबार रकम भने घटेको छ । आइतबार ७ अर्ब ७२ करोड ८८ लाख रुपैयाँ बराबरको १ करोड ५२ लाख ७० हजार १९७ कित्ता शेयर खरिदबिक्री भएकोमा आज  ६ अर्ब ३४ करोड ८० लाख रुपैयाँ बराबरको १ करोड २२ लाख ६३ हजार ७८० कित्ता शेयर कारोबार भएको छ ।


प्रतिक्रिया