कस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ?

120Shares
कस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ?

२  मंसिर  काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ ।
युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ५१ पैसा, बिक्रीदर १४३ रुपैयाँ १५ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १७० रुपैयाँ ८७ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६३ पैसा निर्धारण भएको नेपाल राष्ट्रबैकले जनाएको छ ।

केन्द्रीय बैंकले स्वीस फ्यांक एकको खरिददर एक सय ५१ रुपैयाँ ८४ पैसा, बिक्रीदर एक सय ५२ रुपैयाँ ५१ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २५ पैसा, बिक्रीदर ८७ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ ।
क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९९ पैसा, बिक्रीदर ९६ रुपैयाँ ४२ पैसा, सिंगापुर डलर एकको खरिददर एक सय रुपैयाँ ५१ पैसा, बिक्रीदर
नेपाल राष्ट्रबैकका अनुसार एक सय रुपैयाँ ९५ पैसा, जापानी येन १० को खरिददर आठ रुपैयाँ ६७ पैसा, बिक्रीदर आठ रुपैयाँ ७१ पैसा ,चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा, बिक्रीदर १८ रुपैयाँ ७२ पैसा, साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ८८ पैसा, बिक्रीदर ३६ रुपैयाँ चार पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा, बिक्रीदर ३७ रुपैयाँ १३ पैसा तय भएको छ ।
थाई भाट एकको खरिददर तीन रुपैयाँ ८७ पैसा, बिक्रीदर तीन रुपैयाँ ८८ पैसा, यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा, बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ १४ पैसा, बिक्रीदर ३० रुपैयाँ २७ पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर नौ रुपैयाँ ६६ पैसा र बिक्रीदर नौ रुपैयाँ ७० पैसा कायमभएको छ ।

यसैगरी स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३० पैसा, बिक्रीदर १२ रुपैयाँ ३५ पैसा, डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ११ पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७ रुपैयाँ ३९ पैसा तय गरेको छ । कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ २४ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ १९ पैसा र बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ४७ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ छ पैसा निर्धारण गरिएकोराष्ट्र्रबैंकले जनाएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने  जनाइएको छ ।