ब्याजदर प्रत्येक महिनामा परिवर्तन हुनुपर्ने

ब्याजदर प्रत्येक  महिनामा परिवर्तन हुनुपर्ने

काठमाडौं  – नेपाल राष्ट्र बैंकले एक त्रैमासमा (तीन महिनामा) एक पटक मात्रै कर्जाको ब्याजदर परिवर्तन गर्न पाइने व्यवस्था हटाएको छ।यसअघि एक त्रैमासमा एक पटक मात्रै ब्याजदर परिवर्तन गर्न पाउने व्यवस्था संशोधन गरेर मासिक रूपमा परिवर्तन गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको हो।

राष्ट्र बैंकको निर्देशनअनुसार फागुन, चैत र वैशाख महिनाको औसत आधार दरमा भएको परिवर्तनअनुसार कर्जाको ब्याजदर पनि परिवर्तन गर्नुपर्ने भएको छ। यस्तै यसअघि कर्जाको आधार दरभन्दा कम ब्याजदर कर्जा प्रवाह गर्न नपाइने व्यवस्था गरिएकोमा अब भने पछिल्लो तीन महिनाको औसत आधार दरभन्दा कम गर्न नपाइने व्यवस्था गरिएको छ। यसको अर्थ मासिक आधार दरभन्दा कममा ऋण प्रवाह गरिए पनि त्रैमासिक आधार दरमा व्यवस्थापन गर्न सकिने हो।