२०८१ असार १८ गते काठमाडौ ।दुई पटक पोजेटिभ सर्किट ब्रेक लागेपछि शेयर बजार सम्हालिएको छ । सत्ता परिवर्तनको समाचार बाहिरिएसंगै कारोबार शुरु भएको २ मिनेट नपुग्दै नेप्से ४ प्रतिशतले बृद्धिभएपछि ब्रेक लागेको हो ।
केही समयपछि खुलेको बजार फेरी ५ प्रतिशतले बढेपछि ११.२१ मा दोश्रो सर्किट ब्रेक लागेको छ । यससँगै नेप्से परिसूचक २१६२ अंकमा पुगेको थियो । यो अघिल्लो दिनको तुलनामा १०२ अंकले बेसी हो । तर अहिले १२.१० बजे नै बजार घटेर २०८७ अंकमा झरेर कारोबार भएको छ ।