३० कात्तिक काठमाडौं । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा प्रतिबन्धित अवामी लिगका समर्थकहरूको प्रदर्शनपछि हिंसा र अशान्ति बढेको छ ।प्रदर्शनकारीले सडक अवरुद्ध गर्नुका साथै सरकारी तथा प्रहरी संरचनामा तोडफोड गरेपछि सरकारले जिल्लाका प्रमुख जिल्ला अधिकारी डीसी र प्रहरी प्रमुख एसपीको सरुवा गरेको छ ।
शेख हसिना र अवामी लिगसँग राजनीतिक सम्बन्धका कारण महत्वपूर्ण मानिने गोपालगञ्जमा पछिल्ला केही दिनयता प्रदर्शन, तोडफोड र झडपका घटना भइरहेका छन् ।आइतबार भएको एक प्रदर्शनमा सहभागीहरू लाठी र खुकुरीजस्ता धारिला घरेलु हतियार बोकेर सडकमा उत्रिएका थिए ।