बझाङ अटो दुर्घटना : ३ जनाको मृत्यु, एक बालक बेपत्ता

बझाङ अटो दुर्घटना :  ३ जनाको मृत्यु, एक बालक बेपत्ता

३० कात्तिक बझाङ। बझाङमा अटो रिक्सा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ प्रहरीले जनाएको छ ।आइतबार बिहान  बुङ्गल नगरपालिका १० टुमेडामा अटो रिक्सा दुर्घटना भएको हो । टुमेडा गाउँबाट बुङ्गल नगरपालिका ११ हिनगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटोको ब्रेक फेल भएर सडकबाट करिब ९०० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अटोमा सवारमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा बुङ्गल नगरपालिका १० निवासी ४० वर्षीया राजमती महरा, १६ वर्षीया तारा महरा र ६ वर्षीया डल्ली महराको मृत्यु भएको हो ।अटोमा चारदेखि पाँच जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको र एक बालक अझै फेला पर्न नसकेको जनाइएको छ । दुर्घटनामा घाइते भएकाहरूको उद्धार कार्य भइरहेको छ ।