दाङमा दुई थान भरुवा बन्दुक भेटिए

दाङमा दुई थान भरुवा बन्दुक भेटिए

३० कात्तिक दाङ । दाङमा प्रहरीले दुई थान भरुवा बन्दुक फेला पारेको छ ।जिल्ला प्रहरी कार्यालय दाङका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा लुकाइराखिएका भरुवा बन्दुक बरामद गरेको हो।कात्तिक २९ गते इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरी टोलीले लमही नगरपालिका–९ जलकुण्डीस्थित कालिखोला सामुदायिक वनमा लुकाइछिपाई राखिएको एक थान भरुवा बन्दुक बरामद गरेको थियो।

त्यस्तै, इलाका प्रहरी कार्यालय हापुरेबाट खटिएको प्रहरी टोलीले बबई गाउँपालिका–५ कालापानीस्थित सामुदायिक वनमा लुकाइछिपाई राखिएको अर्को एक थान भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।प्रहरीले दुवै स्थानबाट गरी जम्मा दुई थान भरुवा बन्दुक फेला पारेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक एक्क बहादुर नेपालीले जनाएका छन् ।।