प्रहरी कार्यालय भित्रै कुटाकुट ६ जना पक्राउ

प्रहरी कार्यालय भित्रै कुटाकुट ६ जना पक्राउ

३० कात्तिक कन्चनपुर । प्रहरी कार्यालय भित्रै कुटाकुट भएको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा कुटाकुट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले झै–झगडाको विषयमा वडा प्रहरी कार्यालय अगाडी दुई पक्षबिच झगडा भएपछि भीमदत्त नगरपालिका–५ का ५ जना र भीमदत्त नगरपालिका–१७ का एक जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।प्रहरीकाअनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–५ का ५८ वर्षीय रामबहादुर लुहार, २२ वर्षीय राजेश लुहार, २२ वर्षीय रोशन लुहार, २७ वर्षीया निशा लुहार, २६ वर्षीय रोहित लुहार र भीमदत्त नगरपालिका–१७ का २५ वर्षीय विशाल कोली रहेका छन् ।