नवरात्रीको सातौं दिन फूलपाती भित्र्याइँदै

नवरात्रीको सातौं दिन फूलपाती भित्र्याइँदै

३१ असोज काठमान्डौ । बडा दशैंको सातौं दिन आज घरघरमा फूलपाती भित्र्याइँदैछ । आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्र्याउने गरिन्छ । जसलाई फूलपाती भित्र्याउने भनिन्छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँ घर वा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।