३० असोज काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको एसिया सम्मेलन नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपालले नोभेम्बर १७ देखि २१ सम्म सम्मेलनको आयोजना गर्ने भएको हो ।
उक्त सम्मेलनमा एसियाका टेस्ट मान्यताप्राप्त राष्ट्रहरुका साथै एसोसिएट सदस्य राष्ट्रहरुका आधिकारिक प्रतिनिधिहरु र अन्तर्राष्ट्रिय समुदायका उच्चपदस्थ डेलिगेटहरुको सहभागिता रहने क्यानका सचिव पारस खड्काले जानकारी दिए ।साथै, सम्मेलनका अवसरमा सहभागी हुन नेपाल आउने विदेशी प्रतिनिधिहरुले नेपालमा १० दिनपछि सञ्चालन हुने तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल०को इलिमिनेटर र फाइनल खेलसमेत अवलोकन गर्नेछन् ।