३० असोज काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध आणविक हतियार प्रयोग नगर्ने बताएका छन् । ‘न्युजम्याक्स’सँगको अन्तर्वार्तामा उनले इरानविरुद्ध आणविक हतियार आवश्यक नरहेको बताए ।यद्यपि, अमेरिकी सेनाले इरानको ऊर्जा पूर्वाधार र आणविक स्थललाई लक्षित गरी थप सैन्य विकल्प तयार गरिरहेको समाचारमा उल्लेख छ ।
इरानमाथिको सम्भावित आक्रमणमा ‘मदर अफ अल बम्ब्स’ एमओएबी प्रयोग हुन सक्ने चर्चाबारे ट्रम्पले उक्त हतियार आणविक नभई शक्तिशाली परम्परागत बम भएको बताए ।रिपोर्टअनुसार, योजनामा इरानका ऊर्जा संरचनाको ठूलो हिस्सा र आणविक सुविधामाथि आक्रमण गर्ने विकल्प समावेश छन् । तीमध्ये केहीमा जीबीयू–४३ बी अर्थात् एमओएबी प्रयोग गर्ने सम्भावनासमेत विचार गरिएको छ ।