६ असोज सुर्खेत । सुर्खेतमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।जिल्लाको चौकुने गाउँपालिका–५ रेक्चाका ३२ वर्षीय गोपीराम जैसीले आफ्नै श्रीमती ३० वर्षीया चन्द्रा देवकोटा जैसीलाई घरमै फरूवाले टाउकोमा प्रहार गरी हत्या गरेका थिए।

मंगलबार बिहान सवा १० बजेतिर गोपीरामले श्रीमती चन्द्राको टाउकोमा फरूवा प्रहार गरी हत्या गरेको खबर पाउनासाथ पुगेको प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।