बाँकेमा तीन हजार भन्दा बढि किशोरीलाई एचपीभी खोप

बाँकेमा तीन हजार भन्दा बढि किशोरीलाई एचपीभी खोप

६ असोज बाँके । बाँकेमा एक साताभित्र तीन हजार ११९ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको छ ।यही असोज १ गतेदेखि सुरु भएको खोप जिल्लाका विद्यालयका कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय बाहिरका १० वर्ष उमेर समूहका किशोरीलाई लगाइएको जिल्ला स्वाथ्य कार्यालयले जनाएको छ  जिल्लाका आठ स्थानीय तहमध्ये नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका र डुडुवा गाउँपालिकामा खोप लगाइएको हो ।

जिल्लामा कक्षा ६ का चार हजार ३८० र विद्यालय बाहिरका १० वर्ष उमेर समूहका करिब पाँच हजार ६९१ किशोरीलाई खोप लगाउने लक्ष्य छ । स्वास्थ्य कार्यालयका खोप सम्पर्क व्यक्ति देवनारायण उपाध्यायले खोप अभियान प्रभावकारी रुपमा सञ्चालन भएको जानकारी दिए ।