डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

दीपककुमार शर्मा
१३ भदौ बर्दिया । बर्दियामा जेष्ठ नागरिकको पानी जमेको नालीमा डुबेर मृत्यु भएको छ ।जिल्लाको बढैयाताल गाउँपालिका–१ ठूलो डाँफेगाउँ निवासी ६१ वर्षीय पुरुषको मृत्यु भएकोप्रहरीले जनाएको छ।प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब १२ बजेको समयमा घरनजिकै रहेको सडक छेउको नालीमा डुबेको अवस्थामा वली फेला परेका थिए।

घरपरिवारका अनुसार वलीले प्रायः मदिरा सेवन गर्ने गरेका थिए र घटनाका समयमा समेत मदिरा सेवन गरेको अवस्थामा रहेको बताइएको छ।प्रहरीका अनुसार मदिराको नशामा झुक्किएर नालीमा खसेपछि समयमै उद्धार हुन नसक्दा उनको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।