नर्वेका राजा हेराल्डको निधन

नर्वेका राजा हेराल्डको निधन

१२ भदौ काठमान्डौ । नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । उनको निधनसँगै ५३ वर्षीय छोरा युवराज हाकोन स्वतः नर्वेको नयाँ राजा बनेको दरबारले जनाएको छ ।शाही दरबारका अनुसार राजा हेराल्डको शुक्रबार बिहान ओस्लो विश्वविद्यालय अस्पतालमा शान्तिपूर्वक निधन भएको हो ।उनी अगस्ट १७ देखि हेमोलिटिक एनीमियाको उपचारमा थिए । स्वास्थ्य अवस्था गम्भीर बनेपछि रानी सोन्जा, युवराज हाकोन, युवराज्ञी मेट्टे–मेरिटसहित परिवारका सदस्य अस्पताल पुगेका थिए ।

राजाको निधनपछि शाही दरबारमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।राजाको निधनको खबरपछि सर्वसाधारणले दरबारमा फूल चढाउँदै श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनलाई सरल, आत्मीय र सबैलाई समेट्ने राजाका रूपमा स्मरण गरिएको छ ।