पिकलबल विश्वकप खेल्न नेपाली टोली भियतनाम प्रस्थान

पिकलबल विश्वकप खेल्न नेपाली टोली भियतनाम प्रस्थान

१२ भदौ काठमाडौं । पिकलबल विश्वकपको तेस्रो संस्करणमा सहभागिता जनाउन १८ सदस्यीय नेपाली राष्ट्रिय पिकलबल टोली बिहीबार भियतनाम प्रस्थान गरेको छ । टोलीले विश्वकपमा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय पिकलबल मञ्चमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको छ ।नेपाली टोलीलाई पिकलबल एसोसियसन नेपालका उपाध्यक्ष टिका भण्डारी लगायत पदाधिकारी तथा शुभेच्छुकहरूले बिदाई गरेका थिए ।

विदाईका क्रममा टोलीलाई सफलताको शुभकामना दिँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको नाम र झण्डा उचो राख्न खेलाडीहरूलाई हौसला प्रदान गरिएको थियो ।भियतनाममा आयोजना हुने यस प्रतियोगिता पिकलबल विश्वकपको तेस्रो संस्करण हो । विश्वका विभिन्न देशका उत्कृष्ट खेलाडी तथा टोलीहरूको सहभागिता रहने प्रतियोगितामा नेपालले पनि आफ्नो बलियो उपस्थिति जनाउने तयारी गरेको छ ।