केपी ओलीले वामदेकैलागि उमेरहद हटाइएकोे जानकारी गराए, वामदेव एमाले फर्कने पक्का

केपी ओलीले वामदेकैलागि उमेरहद हटाइएकोे जानकारी गराए, वामदेव एमाले फर्कने पक्का

बिहिवार, २५ जेठ, २०८०

काठमाडाैं

पार्टी एकता अभियानको संयोजन गरिरहेका नेता वामदेव गौतमले एमालेमै फर्किएर पार्टीमा क्रियाशील हुने र सदस्यता पनि नवीकरण गर्ने घोषणा गरेका छन् । ७० वर्षे उमेरहद हटाइएको निर्णय सार्वजनिक भएलगत्तै उनले यस्तो भनेका हुन् ।

बुधबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले भने, ‘उमेरहद हटाइएको अवस्थामा हामी एमालेमा जान्छौँ, म मेरा साथीहरूसहित एमालेमै फर्किन्छु,मेरो पनि सदस्यता नवीकरण गर्न म श्रीमतीलाई पठाउँछु, र सदस्यता नवीकरण गर्छु ।’

एमालेमै फर्किए पनि आफूलाई अध्यक्ष वा महासचिव बन्ने रहर भने नरहेको उनले प्रस्ट्याएका छन् र केपी ओलीले आफ्नै लागि उमेरहद हटाइएकोे जानकारी गराउनुपर्ने पनि उनले बताए ।

गौतम एमालेमा फर्किने अन्तिम निष्कर्षमा पुगेकै वेला अघिल्लो साता उनीनिकट एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठले एकताको अगुवाइ गर्न अनुरोध गर्दै अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका थिए । एमाले र एकीकृत समाजवादीसँग एकताका लागि समानान्तर संवादमा रहेका गौतमले एमालेमा फर्किन उमेरहद हटाउनुपर्ने सर्त राख्दै आएका थिए ।

गौतम एमाले प्रवेश गर्दा एकीकृत समाजवादीमा रहेका श्रेष्ठसहित बलराम बाँस्कोटा, सावित्रा भुसालसहितको ठूलो समूह, एकता अभियानमा गौतमको नेतृत्वमा रहेको हरि पराजुलीसहितको समूह पनि एमालेमै फर्किने तयारीमा छ । गौतमसँग समेत संवादमा रहेका एकीकृत समाजवादीका उपाध्यक्ष श्रेष्ठले आफूले माधव नेपालसहित सबै पुराना एमाले नेताहरूलाई मिलाएर पार्टी एकता गर्न र सिंगो कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने अभियानको नेतृत्व लिन ओलीलाई प्रस्ताव गरेको प्रस्ट्याए ।