सगरमाथाका सफल आरोही प्रहरी अधिकृत लाई गृहमन्त्री द्वारा सम्मान

सगरमाथाका सफल आरोही प्रहरी अधिकृत लाई गृहमन्त्री द्वारा सम्मान

शुक्रवार , १९ जेष्ठ २०८०

काठमाडौं

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी संगठनलाई प्रभावकारी र सफल बनाउन अझै आत्मसमीक्षा गरेर अघि बढनु पर्ने बताउनु भएको छ।

शुक्रबार इन्टरपोलको १००औँ वार्षिकोत्सवको अवसरमा सगरमाथाको सफल आरोहण गर्ने प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीलाई सम्मान व्यक्त गर्दै उपप्रधानमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो ।

प्रहरी वरिष्ठ नायव निरीक्षक नेपालीले जेठ २ गते सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । इन्टरपोलको १००औँ वार्षिकोत्सवको अवसर पारेर नेपालीले सगरमाथाको सफल आरोहण गर्नुभएको हो । उहाँ जेठ २ गते १०:१५ बजे सगरमाथाको शिखरमा पुग्नुभएको थियो ।